काठमाडौं । पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा खुबै चर्चा पाएका अघोरी बाबा दम्पतीमाथि गम्भीर आरोप लागेको छ । अघोरी बाबा भनेर चर्चित विजय केसीसहित उनकी पत्नी शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनीहरुले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोपमा ‘अघोरी बाबा’ की श्रीमती पाण्डे पक्राउ परेकी हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

जानकारी अनुसार शारदा र उनका पूर्वपति मिलेर एक महिलालाई विवाहका विषयमा झुक्याएका थिए । सोही प्रकरणको अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । शारदाको बाबासँग केही महिना पहिले मात्रै विवाह भएको थियो । बाबा भएर पनि विवाह गरेको भन्दै केही व्यक्तिले आलोचना गरेपछि बाबाले ज्यान लिने धम्की पनि दिएका थिए ।

सम्बन्धित खबरहरु