काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर थपुवाबाट हराएका चार बालकलाई एक हप्तापछि प्रहरीले फेला पारेको छ । यही कात्तिक १७ गते राति ८ बजे घरबाट निस्किएका १५ वर्षीय दिनेश बुढा क्षेत्री, १५ वर्षकै दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढालाई बर्दियाको जमुनी प्रहरीले फेला पारी इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको थियो ।

[caption id="" align="aligncenter" width="1785"] File Photo[/caption]

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार बालक हराएको सूचना पाएपछि विभिन्न प्रहरी कार्यालयमा समन्वय गरी खोजी कार्य तीव्र पारिएको थियो । चारै जना बालकलाई घरपरिवारको जिम्मा लगाइएको शाहीले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु