काठमाडौं । नेपालको राजधानीमा अवस्थीत काठमाडौं मरिएट होटलले एक हप्तासम्म “अरबियन सूक” आयोजना गरिरहेको छ जहाँ मानिसहरुले सबै अरबियन भोजनको अनुभव लिन सक्नेछन् । मिडल इस्टको मुखबाट पानी रसाउने खानादेखि लिएर लोभ्याउने हुक्काको स्वादहरुको साथमा होटलले प्रसिद्ध बेली डान्सरको उत्साहजनक प्रस्तुती पनि पेश गरिरहेको छ ।

यो इभेन्ट अतिथि शेफ मिना अयूब र काठमाडौं मेरिएट होटलको कार्यकारी शेफ सञ्जीव रञ्जनको सृजना हो जसले अतिथिहरुलाई मिडल इस्टका विभिन्न शहरहरुको अनुभव प्रदान गर्ने पर्फेक्ट मेन्यू पेश गरिरहेका छन् ।

अतिथिहरुले लाइभ किचनको अनुभव गर्नुका साथै शेफहरुसँग कुराकानी गर्ने अवसर पाउनेछन् । यो इभेन्ट नोभेम्बर १६ तारिकसम्म काठमाडौं मेरिएट होटलको ठमेल किचनमा ६ः३० बजेदेखि राति १०ः३० बजेसम्म अतिथिहरुका लागि खुल्ला रहेको छ । अतिथिहरुलाई पहिले नै रिजर्भेसन गर्न अनुरोध गरिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु