काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। सोमबार ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइए पनि उहाँ उपस्थित हुन सक्नुभएन् । बैठकमा प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल उपस्थित हुनुभयो ।

अर्यालका अनुसार स्वास्थ्यका कारण बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेको बताइएको छ । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग पनि परेको विषयमा छलफल हिजोको बैठकमा समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको थियो । त्यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु दोस्रो पटक समितिको बैठकमा उपस्थित हुनु भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सीमा मिचिएको विषयमा चारैतिर चर्चा भएपछि स‌ंसदीय समितिले पनि यसमाथि चासो लिएको हो । यसअघि प्रधानमन्त्री ओलीले सर्वदलीय, सर्वपक्षीय बैठक बोलाएर यो विषयमा छलफल गरिसक्नु भएको छ । शनिबार बसेको सर्वदलीय बैठकले कालापानी–लिपुलेक–लिम्पियाधुरा नेपालकै भूभाग हो भन्ने निष्कर्ष निकालिसकेको छ। अन्नपुर्ण पोष्टमा खबर छ ।

सम्बन्धित खबरहरु