काठमाडौं । मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ । विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “मेक्सिकोको विदेश मन्त्रालयले बोलिभियाली नेतालाई शरणार्थीका रूपमा स्वीकार गर्न तयार छ । आवश्यकतामा मानवीयता र इमान्दारिता प्रदर्शन गर्दै बोलिभियाली नेतालाई शरण दिने निर्णय सोमबार सरकारले गरेको हो ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मोरालेसलाई शरण दिने कुरा बोलिभियाली विदेश मन्त्रालय, अमेरिकी राज्यहरूका साथै मेक्सिकोको सिनेट र संयुक्त राष्ट्रसंघलाई औपचारिक जानकारी गराइने विदेशमन्त्री एब्राडले बताउनुभयो ।

मोरालेसको सन् २०२० को जनवरीमा कार्यकाल सकिने भएपनि बोलिभियाली सेनाले राजिनामा दिन लगाएपछि उहाँले राजिनामा दिनुभएको मेक्सिकोले जनाएको छ । यसलाई मेक्सिकोले ‘कु’ (सैनिक विद्रोह) को सज्ञा दिएको छ । रासस

सम्बन्धित खबरहरु