काठमाडौं । बच्चाको राम्रोसँग दिसा नहुनाले वा लामो समय सम्म पेटमा समस्या भएमा बच्चालाई यूरिया साइकल डिसआर्डर (यूएसडी) को खतरा हुन सक्छ । गम्भीर यूएसडी भएका बच्चाहरूमा, यसको लक्षणहरू जन्मेको २४ घण्टा भित्र विकसित हुन्छ । प्रत्येक मानवमा युरिन चक्र हुने गर्छ । जन्मेदेखि नै बच्चाहरूमा मूत्रबाट युरिन निस्कने चक्रको विकास हुन्छ ।

[caption id="" align="aligncenter" width="1404"] File Photo[/caption]

यस रोग अन्तर्गत, जब बच्चाले प्रोटीन खान्छ, उसको शरीरले यसलाई एमिनो एसिडमा परिणत गर्दछ । बाँकी चाही नाइट्रोजनमा परिणत भई मलको रूपमा बाहिर निस्किने गर्छ । यस प्रक्रियामा कलेजोले नाइट्रोजनलाई यूरियामा रूपान्तरण गर्न थुप्रै एन्जाइमहरू आपूर्ति गर्दछ । जुन शरीरमा मल ,मूत्रको रूपमा बाहिर निस्किन्छ यस प्रक्रियालाई युरिया चक्र भनिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यदि बच्चामा युरिया यूएसडी को समस्या छ भने उसको कलेजो युरिया चक्रले आवश्यकता अनुसार काम गर्न सक्षम हुँदैन । त्यसैले जब बच्चाको शरीरले नाइट्रोजन, अमोनिया निकाल्न सक्दैन, यसको हानिकारक पदार्थहरु रगतमा मिसिन्छन् । यी हानिकारक पदार्थहरूका कारणले बच्चा मुर्छा पर्न सक्छ । साथै यसले बच्चाको मस्तिष्कमा पनि क्षति पुर्याउन सक्छ । यसका लक्षणहरु

  • खानेकुरा मन नलाग्ने ।
  • लगातार बान्ता हुँने ।
  • मानसिक भ्रम हुनु ।
  • बच्चा जति बेला पनि सुतिरहनु ।
  • बच्चा बारम्बार बेहोस् हुँनु । आदि हुन्छन् ।

हामीले यहाँ माथि यस रोगको परिचय र लक्षणबारे चर्चा गरयौं । अब आउँनुहोस् जानौं यसबाट हामी कसरी बच्न सक्छौं । सामान्य रुपमा हेर्दा बिरामी हुँदा हामीले चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । यूरिया यूएसडी का बिरामी बच्चाहरूलाई प्रोटीनयुक्त खाद्य पदार्थहरू र उच्च क्यालोरी भएका खानेकुराहरु खान दिने ।

  • बच्चाहरुलाई हरियो सागपात र फलफुल खाँन दिने ।
  • बिहान उठ्ने बित्तिकै मनतातो पानी पिउन दिने ।
  • बच्चालाई सुख्खा खानाहरु खान नदिने ।
  • बच्चालाई दालको रस, गेडागुडीको झोल खुवाउँने ।

सम्बन्धित खबरहरु