काठमाडौं । नेपाल र भारतको सीमालाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ । अहिले भारतले नेपाली भुभाग समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा भारत विरोधी गतिविधि बढ्दै जान थालेको छ । यो बीचमा रौतहटको इसनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा मंगलबार ब’म प्र’हार गरिएको खबर आएको छ ।

[caption id="" align="aligncenter" width="1024"] File Photo[/caption]

ब’म प्र'हारमा परेर एक प्रहरी जवान घाइते भएको बताइएको छ । उनको परिचय खुल्न नसकेको पनि प्रहरीले जानकारी दिएको छ । ब’म प्र’हार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रौतहट प्रहरी हवल्दार रोजिना तामाका अनुसार बीआए ०५ एस६५०९ नम्बरको भारतीय नम्बर प्लेट रहेको मोटरसाइकलमा दुई जना भारतीय नागरिक आएको र मठिया प्रहरी चौकीमा रहेका सेन्ट्रिलाई लक्षित गरेर सु'तली ब’म प्र'हार गरेका हुन् ।

ब’म प्र’हार गरेर मोटरसाइकलसहित भा'ग्दै गर्दा दशगजा क्षेत्रबाट चालकसहित मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ । अर्का एकजनाको पनि खोजिकार्य तिव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु