काठमाडौं । हामीले जुन खाना खान्छौँ त्यसको असर सिधा हाम्रो छालामा पर्न जान्छ । त्यसैले हामीले खानेकुरा खाँदा विशेष ध्यान दिनु पर्छ । अनुहार र छालाको स्वस्थताका लागि प्रोटिन र भिटामिन युक्त खानेकुरा खानु आवश्यक मानिन्छ । खानेकुरामा यस्ता खाना खानाले अनुहार र छालालाई स्वस्थता प्रदान गर्दछन् ।

[caption id="" align="aligncenter" width="1280"] File Photo[/caption]

जलीय तरकारीहरू
पानीमा उब्जिएका तरकारीहरू जलीय तरकारीहरुको वर्गमा पर्छन् । यी तरकारीहरूमा बिभिन्न एन्टीआक्सीडन्टहरू, पौष्टिक, क्याल्सियम, पोटेशियम, फास्फोरस, भिटामिन ए, भिटामिन सी, भिटामिन के, भिटामिन बी १ र बी २ पाइन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

क्याप्सिकम वा भेडेखुर्सानी
क्याप्सिकममा क्यारोटीनोइड्सका साथै भिटामिन सी र एन्टिआक्सिडन्टहरू पाइन्छन् । जसले एन्टिएजिंगमा सहयोग गर्दछ । क्याप्सिकमले कोलेजेनको उत्पादन बढाउँने गर्छ । जसले छालालाई स्वस्थ राख्न मदत गर्दछ । यसमा हुने एन्टीइन्फ्लेमेटरी गुणहरूले छालालाई स्वस्थ राख्दछ ।

जामुन
निलो जामुनमा भिटामिन ए र भिटामिन सी साथै एन्टोसाइनिन भनिने एन्टीएजिंग एन्टिआक्सिडन्ट पाइन्छ । यसले छालालाई क्षति पुर्याउने फ्रि रेडिकलहरू रोक्न मद्दत गर्दछ ।

ब्रोकाउली
ब्रोकोलीमा भिटामिन सी, के, फाइबर, फोलेट, र क्याल्सियमको मात्रा धेरै हुन्छ । यसले कोलेजेनको उत्पादन बढाउँने र छालालाई नरमका साथै चम्किलो बनाउँछ । यसमा क्याल्सियम प्रशस्त पाइन्छ जुन हड्डीलाई स्वास्थ्य राख्ने गर्छ ।

पालकको साग
३० बर्षको उमेर पछि छालालाई बढी पोषणको आवश्यक्ता पर्दछ । पालकमा हाइड्रेटिंग र एन्टीआक्सीडेन्ट पाइन्छ । पालकमा भिटामिन ए, सी, ई र के पर्याप्त मात्रा हुन्छ । यसको पातमा भिटामिन सी कोलेजेन रहेको हुन्छ ।

जसले छालालाई नरम र बलियो बनाउन मद्दत पुर्याउछ । भिटामिन ए ले छालालाई चम्किलो बनाउँदछ । भिटामिन के ले छालामा कोषहरूलाई स्वस्थ राख्न मद्दत गर्दछ। एजेन्सी

सम्बन्धित खबरहरु