काठमाडौं । स्वास्थ्य हाम्रा लागि सबै भन्दा संवेदनशील क्षेत्र हो । तर कहिलेकाँही यस्ता समाचारहरु बाहिर आउँछन्, जसले गर्दा हामीलाई सोच्न बाध्य बनाउँछ कि यो क्षेत्र कति सुरक्षित हुँदै गइरहेको छ । यस्तै एक घटना केही महिना पहिले बाहिर आएको थियो । उपत्यकामा मात्रै नभई देशभर नै चर्चित ललितपुरको निदान अस्पतालमा मिर्गौला सम्बन्धी रोगको उपचार गर्दा गम्भीर लापरबाही भएको खुल्न आएको छ । नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको घटनामा निदानका सिइओ र चिकित्सकसहित पाँचजना जेल चलान भएका छन्  । ललितपुर जिल्ला अदालतले ५ जनालाई जेल पठाउन आदेश दिएको हो ।

जेल चलान हुनेहरुमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रधान, चिकित्सक डा. राजेश पन्त कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले अनी शंकरलाल लामा (मिर्गौला लिने व्यक्ति) लाई जेल चलान गर्नु भन्ने आदेश दिएको हो । लामाबाहेक पक्राउ परेका अन्य चारजना मिर्गौला प्रत्यारोपणमा कागजपत्र प्रमाणीकरण गर्ने कानुन समितिका व्यक्ति हुन्  ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु