काठमाडौं । नेपाली समाजमा आज सम्बन्धहरु कायम भएसँगै टुट्ने समस्या पनि रहेको छ । यसमा दुई जना बीचको सुझबुझले निकै ठुलो प्रभाव पर्दछ । यदी दुई जनाबीचको सुझबुझ भएन भने सम्बन्ध कायम भइरहन सक्दैन ।

[caption id="" align="aligncenter" width="1920"] File Photo[/caption]

त्यसैले आज हामी यसका बारेमा चर्चा गर्न गइरहेका छौं । सम्बन्ध स्थापित गर्न र स्थापित सम्बन्धलाई बलियो कसरी बनाउँने आउँनुहोस् जानौं केही टिप्सहरु...

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दिमागलाई शान्त राख्ने ।
तपाई सम्बन्धमा भए हुँदाहुँदै पनि, यदि तपाईं अरू कसैप्रति आकर्षित हुनुभयो भने, यसको सबैभन्दा ठूलो कारण शारीरिक अस्वस्थता हो । मनको सुन्दरता आजको समयमा धेरै पछाडि परिसकेको छ । आजभोली धेरै सम्बन्धहरु मनबाट नभई दिमागबाट जोड्ने गरिन्छ ।

त्यसैले बिवाह पछि सम्बन्छ बिच्छेद हुने समस्या धेरै जोडीहरुमा देखिन्छ । त्यसैले कुनै पनि सम्बन्ध दिमागबाट नभइ मनबाट गाँस्नुपर्छ । धेरै सुन्दर व्यक्ति देखे पछि तपाईको दिमाग त्यसतर्फ आकर्षित हुन थाल्छ जसले तपाईको चलिरलेको सम्बन्धमा कटुता निम्त्याउँछ । त्यसैले आफ्नो दिमागलाई शान्त पार्न सिक्नुपर्छ ।

प्रेम व्यक्त गर्ने ।
तपाईले आफ्नो जिवन साथिलाई जति धेरै माया गरेपनि यदि तपाईले माया देखाउँन सक्नु भएन भने त्यसको कुनै अर्थ हुँदैन । यसो गर्नाले तपाईको जीवन साथिलाई तपाईले माया नगरेको जस्तो महसुस हुन थाल्छ ।

जसले तपाईंको सम्बन्धमा खतरनाक मोड लिन सक्छ । त्यसैले बेलाबेलामा प्रेम व्यक्त गर्ने, नयाँ ठाउँमा भ्रमण गर्ने, गर्नुपर्छ । जसले तपाईको जीवन साथिलाई एक्लो महसुस हुँदैन र सम्बन्ध प्रगाढ बन्दछ ।

एकअर्कालाइ समय दिने ।
कुनै पनि सम्बन्धमा एक अर्कालाई समय दिनु धेरै महत्वपूर्ण छ । धेरै सम्बन्धहरु एकअर्कालाइ समय नदिनाका कारणले टुट्ने गर्छन् ।

तपाईले आफ्नो जीवन साथिलाई समय नदिएपछि बारितिरबाट यसको अपेक्षा गर्छ । एकअर्कालाइ समय दिनु पर्छ । यसका लागि घरमा संगै मिलेर काम गर्ने, एकअर्कासंग बसेर कुराकानी गर्ने आदि गर्नुपर्छ ।

स्पष्ट प्रश्न रुपमा प्रश्न गर्ने ।
यदि तपाईलाई आफ्नो जीवन साथि प्रति कुनै प्रकारको शंका छ भने त्यसलाइ स्पष्टसँग सोध्ने गर्नुपर्छ । यसलाई मनमा राखेर झै–झगठा गर्नाले सम्बन्ध बिग्रिन सक्छ।

त्यसैले बिना झै–झगडा गरि शान्तसंग छलफल गर्नुपर्छ । सम्बन्धमा सँधै स्पष्ट कुरा राख्ने प्रयास गर्नुपर्छ । जति धेरै कुरा लुकाइन्छ , शंकाको दायरा त्यती नै बढ्नेछ । एजेन्सी

सम्बन्धित खबरहरु