काठमाडौं । प्रहरीले छुटा छुट्टै घटनामा जु'वाता'स खेल्ने ४९ जनालाई नगद ८ लाख ९३ हजार ३ सय ७० रूपैया सहित नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले यहि २६ गते १७:०० बजे काठमाण्डौ महानगरपालिका-४ पञ्चकन्या स्थित लमजुङका अशोक थापाको कोठमा जु'वाता'स खेलिरहेको अबस्थामा असोक थापा सहित ५ जनालाई नगद २१ हजार ३ सय ७५ रूपैया सहित नियन्त्रणमा लिएको छ ।

सोही समयमा लोसार पिपलबोटबाट ललितपुरका विनय थापा मगर सहित ७ जनालाई नगद ३८ हजार ५ सय रुपैया सहित नियन्त्रणमा लिएको छ । यसै गरी महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले यही २६ गते २१:०० बजे नागार्जुन नगरपालिका-३ हलचोकबाट सितापाईलाका सचित दुवाल सहित १० जनालाई नगद ३ लाख ६० हजार रूपैया सहित पक्राउ गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसै गरी महानगरीय प्रहरी वृत्त किर्तिपुरबाट खटिएको प्रहरी टोलीले किर्तिपुर नगरपालिका-६ चोभारबाट कौडा खेलिरहेको अबस्थामा चोभारका विजय श्रेष्ठ सहित १३ जनालाई नगद २ लाख ५८ हजार ३ सय ४५ रूपैया, एन आईसि एसिया बैंकको २ लाख २५ हजार र प्राईम बैंकको २ लाख बराबरको चोक सहित पक्राउ गरेको छ ।

यसै गरि महानगरीय प्रहरी वृत्त बौद्धले आज बिहान ०१:०० बजे गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी पण्डित गाउँ स्थीत एक घरमा जु'वाता'स खेलिरहेको अबस्थामा सोही ठाउँ बस्ने किशोर थापा सहित १४ जनालाई नगद २ लाख १५ हजार १ सय ७५ रूपैया सहित पक्राउ गरेको छ । सबै घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु