काठमाडौं । घरभित्रै पसेर अन्नबाली र बाख्रा खाएर स्थानीयलाई आ'तंकित बनाउने भालुको नियन्त्रणका लागि रेन्जर र प्रहरी परिचालन गरिएको छ। केही दिनदेखि गौरीशंकर गाउँपालिका-९ टासीनाम गाउँका घरहरुमा पसेर बाख्रा र अन्नबाली खाएर त्रसित भएका स्थानीयहरुको उजुरीलाई मध्यनगर गरेर आ'तंकित बनाउने भालुको नियन्त्रणको लागि रेन्जरसहित प्रहरी टोली परिचालन गरिएको हो।

[caption id="" align="aligncenter" width="1224"] File Photo[/caption]

घनाजंगल भएको क्षेत्रको जंगली भालु गाउँ पसेर वि'ध्वंस मच्चाउन थाले पछि स्थानीयहरु भ'यभि'त भएका थिए। घरमै बाँधेर राखेको तीनवटा बाख्रा खाइदिएपछि भयभित भएका स्थानीयको उजुरी पछि आवश्यक छलफल गरी भालुको नियन्त्रणको लागि रेन्जरसहित प्रहरी परिचालन गरिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रेन्जर, प्रहरी र संरक्षण क्षेत्र स्थानीय व्यवस्थापन समितिका पदाधिकारीसहितको संयुक्त टोलीले प्रभावित क्षेत्रमा गस्ती गर्नेर भालुलाई जंगलभित्र पठाउने कार्य गर्ने आयोजना प्रमुख शाहले जनाए। यो समय भालु शित निद्रामा प्रवेश गर्ने समय भएकोले शरीरमा अधिक पोषण जम्मा गर्न बढी खन्चुवा हुने गरेको उनको भनाइ छ। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु