काठमाडौं । ढिलो नतिजा प्रकाशन त्रिभुवन विश्वविद्यालयले लामो समय देखि खेप्दै आएको एक आरोप हो । त्रिविले परीक्षापछि नतिजा ढिला प्रकाशित गर्छ भन्ने आम विद्यार्थीहरुको बुझाई रहेको छ । यस्तै व्यवस्थापन संकाय अन्तरगर्तको नतिजा पनि त्रिविले निकै ढिला सार्वजनिक गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्धारा २०७५ साल चैत्र महिनामा संचालित व्यवस्थापन संकाय तर्फको चार बर्ष बीबीएस चौथो बर्षको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार हिजो मात्रै प्रकाशित गरिएको हो । त्रिविले देखाएको यो व्यवहारले विद्यार्थीहरुमा एक खालको आक्राश देखिएको थियो ।

झण्डै ७–८ महिना भन्दा लामो समय लगाएर नतिजा सार्वजनिक गर्नु आफैंमा सुहाउँदो भने पट्टक्कै होईन । अन्तिम वर्ष (चौथो वर्ष) को परीक्षा दिएर बसेका विद्यार्थीहरुको नतिजा आउँदा यति धेरै समय लगाउँदा उनीहरुले गर्ने अन्य कामहरुमा बाधा आउँने कतिपयको बुझाई रहेको छ । जे जस्तो भए पनि नेपालको परिवेशमा परीक्षाको भएको ३ महिनासम्म नतिजा प्रकाशित गर्नु विद्यार्थीहरुका लागि राम्रो हुन्छ ।

त्रिविले परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ । नतिजा हेर्न यहाँ थिच्नुहोला

प्रकाशित भएको नतिजा त्रिविले आफ्नो वबसाईटमा प्रकाशित गरिसकेको छ । अनलाइन नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला । साथै त्रिविको tuexam.edu.np वेबसाईट मा गएर Select Result को बक्समा क्लिक गर्नुहोस् । त्यहाँ 4-YRS B.B.S. -fourth year 2076 छान्नुहोस् ।

र आफ्नो Roll Number सिम्बोल नम्बर राखेर चेक गर्नुहोस् । साथै नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने छ । नतिजा आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनु होला ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु