काठमाडौ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लोकसेवा आयोगको सहमतिमा ६० जना कर्मचारीका लागि आवेदन माग गरेको छ। संस्थालने १० औं तहदेखि ३ औं तहसम्मको विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

सह–प्राध्यपकका लागि ५ जना, सहायक प्राध्यापकमा लागि १७ जना, सिनियर स्र्टा नर्सका लागि ५ जना, फार्मेसी अधिकृतका लागि २ जना, रेडियोलोजीमा १ जना, पुस्तकालय अधिकृत १ जना, जुनियर स्टाफ नर्स २० जना, रेडियोग्राफ २ जना, सिनियर पुस्तकालय सहायक २ जना, ल्याव असिस्टेन्ट ४ जना र जुनियर लेखा अधिकृत १ जना गरी ६० जना कर्मचार मागेको छ।

आवेदन दिने अन्तिम म्याद मंसिर १९ गतेसम्म र दोब्बर दुस्तुर तिरेर भने २६ गतेसम्म दिन पाउने प्रतिस्ठानले जनाएको छ। परीक्षा दस्तुर लक्ष्मी बैंकमा तिर्नु पर्नें प्रतिष्ठानले जनाएको छ। यसैगरी आवदेन भर्नका लागि ललितपुर लगनखेलको केन्द्रीय कार्यालयमा बुधबार र शनिबार बाहेक अन्य दिन विहान १० बजेदेखि ३ बजेसम्म पुग्नु पर्ने छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु