काठमाडौं । राजनीतिक लाभका लागि जनतालाई जि'उँदै ज'लाएको आरोप लागेका सांसदलाई थुनामै राख्न आदेश दिइएको छ । जिल्ला अदालत, रौतहटले पूर्व मन्त्री आफताब आलमलाई पूर्पक्षको लाथि थुनामा राख्ने आदेश दिएको हो । रौतहटको फरदवामा १२ वर्ष अगाडि भएको घटनाको ब'म वि'ष्फोट, कत्र्तब्य ज्यान र ज्यान मा'र्ने उद्योग सम्बन्धी मुद्दामा आलमलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश गरेको हो ।

लामो समयसम्म चलेको थुनचेक बहसपछि आज उनलाई हिरासतमा राख्न आदेश दिइएको हो । अदालतको आदेशमा मिसिलसँग संलग्न प्रमाणबाट प्रारम्भिक रुपमा उक्त घटनामा आलमको संलग्नता देखिएको ठहर गरिएको छ । जिल्ला अदालत, रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले मुलुकी फौज्दारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख ब'मोजिम गर्न आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले गत् कात्तिक १८ गते आलमसहित ११ जनामाथि सजायको माग दाबी लिई जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेको थियो । करीब दुई सातासम्म चलेको मुद्दाको थुनछेक बहस आज सम्पन्न भएपछि न्यायधिश ढकालले प्रतिवादी आलम र वादी तर्फका श्रीनारायण सिंहलाई आ–आफ्नो कुरा राख्न समय दिनुभएको थियो । दुबैजनाले आफ्नो कुरा राखेपछि थुनछेक बहस टुंगिएको थियो । उक्त घटनामा संलग्नमध्ये १० प्रतिवादी अझै फरार रहेको जनाइएको छ ।

सम्बन्धित खबरहरु