काठमाडौं । कास्की निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवारले भ्रष्टाचारका विरुद्ध आफूहरुको शून्य सहनशीलता रहने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासङ्घको आयोजना गरेको ‘प्रतिनिधिसभा उपनिर्वाचन उम्मेदवार संवाद’ कार्यक्रममा प्रमुख चार दल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली काङ्ग्रेस, समाजवादी र साझा पार्टीका उम्मेदवारले विधि, कानूनको पालना गर्ने र भ्रष्टाचारबाट टाढा रहने भनाइ राखेका हुन् ।

नेकपा उम्मेदवार विद्या भट्टराईले गलत आचरण र व्यवहार भ्रष्टाचार र आफ्नो जीवन खुला किताब जस्तै रहेको बताउँदै कानून बाहेकका व्यवहार नगर्ने स्पष्ट पार्नुभयो । विगतको पृष्ठभूमि र आजको परिस्थतिका कारणले आफू निर्वाचनमा होमिएको बताउँदै उहाँले लोकतन्त्रलाई मजबुत बनाउँदै जनताप्रति उत्तरदायी बन्दै जाने बताउनुभयो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

काङ्ग्रेस उम्मेदवार खेमराज पौडेलले आत्म विकास र स्वार्थमा पदको प्रयोग गर्नु भ्रष्टाचार भएको चर्चा गर्दै राजनीतिक व्यक्ति भ्रष्टाचारबाट मुक्त हुँदा मात्र प्रशासनलगायतका अन्य क्षेत्रको अनियमितता रोकिने बताउनुभयो । पौडेलले राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि आफू उम्मेदवार बनेको चर्चा गर्दै जनताको राजनीतिप्रतिको वितृष्णा हटाउन र जनतामा गरेको प्रतिबद्धता पूरा गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

समावादीका उम्मेदवार धर्मराज गुरुङले विसं २०४७ यता सार्वजनिक पदमा बसेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभयो । आफू कहिल्यै पनि कसैको प्रलोभनमा नपरी जनताको सेवामा लाग्ने भनाइ उहाँको थियो । साझाका उम्मेदवार रजनी केसीले नीतिगत भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिँदै भ्रष्टाचारले सुशासनलाई अवरोध गरेको भनाइ राख्नुभयो । महासङ्घका महासचिव रमेश विष्टले निर्वाचनमा होमिएका उम्मेदवारका प्रतिबद्धतालाई एकै थलोबाट जनतामा पु¥याउने उद्देश्यसहित पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताउनुभयो । रासस

सम्बन्धित खबरहरु