काठमाडौं । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका चर्चित नेता मोहम्मद आफताब आलमलाई रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएको थियो । शुक्रबार अबेरको फैसलामा उनलाई जेल चलान गर्न आदेश गरिएको थियो । तर एक्कासी प्रहरीले उनलाई मध्यरात नै रौतहटबाट उठाएर काठमाडौं ल्यायो । अहिले उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।

१२ वर्षअघि ब 'म वि 'स्फोट एवं ईं टाभ ट्टामा जि 'उँदै मा 'निस ज 'लाएको आ 'रोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई गाडीमा हालेर राति एक बजेतिर नख्खु कारागारमा ल्याइपुर्‍याइएको थियो । रौतहटबाट आलमलाई राति नै काठमाडौं पठाइएको रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले पुष्टि गरे ।

आलमलाई नक्खु कारागारमा राख्ने निर्णय कारागार ब्यवस्थापन विभागले गरेका कारण रातिको समयमा उनलाई त्यहाँबाट नक्खु ल्याईएको प्रहरीको भनाई छ । स्थानिय ठाउँमा जोखिम हुनसक्ने भन्दै विभागले उनलाई ललितपुरमा राख्ने निर्णय लिएको हुनसक्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु