काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रान्डी अस्पताल जानु हुने भएको छ । उहाँले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘फलोअप’ का लागि अस्पताल जान लागेको जानकारी दिनु भएको थियो । हिजो उहाँले आज फलोअपका लागि अस्पताल जान लागेको जानकारी गराउनुभएको थियो । मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नुपर्ने हुँदा प्रधानमन्त्री ओली अस्पताल जान लागेको एक मन्त्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘डाक्टरहरूले बोलाएका छन्, अरू जाँच पनि हुन्छ होला ।’

सामान्यतया मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा स्टेन्ट हाल्ने गरिन्छ । यसले पिसाब नलीलाई खुला राख्न मद्दत गर्छ । गत कात्तिक १२ र १३ गते डायलसिस गर्दा ओलीको मिर्गौलामा उक्त स्टेन्ट हालिएको थियो । त्यसपछि उहाँ डाक्टरहरूको नियमित निगरानीमा रहे पनि अस्पताल जानु भएको थिएन। आज मिर्गौलाबाट स्टेन्ट निकालिनुका साथै अरू नियमित जाँच पनि हुने ओलीले मन्त्रिपरिषद् बैठकलाई जानकारी दिनुभएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु