काठमाडौ । मानिसको शरीरलाई चाहिने पौष्टिक तत्व पाउन हरियो सागपात, पहेँला फलफुल, माछा मासु अण्डालगायत विभिन्न खाद्यसामग्री खानु आवश्यक छ । तर शरीर स्वस्थ राख्न खाने यी चिज नै बेठीक छन भने शरीर अस्वस्थ भई पछुताउने अवस्था आउन सक्छ । विश्वभर दैनिक रुपमा धेरै उपभोग हुने वस्तुमा पर्छ अण्डा । तर उत्पादन भएको केही समयभित्र वा उत्पादन भएकै समयमा विभिन्न कारणले अण्डा बिग्रिन सक्छन् ।

शरीरलाई चाहिने पौष्टिक आहार पूरा गर्न महंगो पैसामा किनेका अण्डा खानुअघि उक्त अण्डा ठीक भए नभएको हेक्का राखिएन भने त्यो अण्डा खानु हानिकारक हुन पनि सक्छ । त्यसैले अण्डा ठीक अवस्थामा भए नभएको यकिन गर्नु निकै राम्रो हुन्छ । तर अण्डा फुटाएर तयार पार्दा त अण्डा फुटाएपछि सुघेँर वा हेरेर केही मात्रामा अवस्था पत्ता लगाउन सकिएला तर नफुटाउँदै अण्डाको अवस्था कसरी पत्ता लगाउने त रु यो पक्कै पनि चासोको विषय हो ।

अण्डा ठीक वा बेठीक कस्तो अवस्थामा छ ? यसरी थाहा पाउनुहोस् ।

  • सबैभन्दा पहिला अण्डा डुब्न मिल्ने गरी कुनै भाँडामा पानी राख्नुहोस् ।
  • त्यसपछि उक्त पानीमा तपाईसँग भएको अण्डा राख्नुहोस् ।
  • यदि त्यो अण्डा पानीमा डुबेर भाँडाको पिँधतिर गयो भने अण्डा ठीक छ भन्नेमा ढुक्क हुनुहोस् ।
  • तर कुनै अण्डा पानीमा तैरिएर माथिमाथि आयो भने त्यो अण्डा विग्रिएको वा खानलायक छैन भन्ने बुझ्नुहोस् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु