काठमाडौं । पछिल्लो समयका चर्चित राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर र अन्जन विष्टसहित चार खेलाडी कारबाहीमा परेका छन् । उनीहरुलाई एन्फाले राष्ट्रिय फुटबल टिमबाट हटाइएको छ । नाइट क्लबमा गएर अनुशासनहिन कार्य गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज उनीहरूलाई टिमबाट बर्खास्त गर्ने निर्णय लिएको जानकारी दिएको छ । एन्फाले फर्वाड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई टिमबाट हटाएको हो । नेपालले विश्वकप छनोट अन्तरगतको होम गेमका रूपमा मंसिर ३ गते कुवेतविरुद्ध भुटानमा खेल्दैछ ।

दशरथ रंगशालाको पुननिर्माण समयमै हुन नसकेपछि नेपालले होम गेम अरूकै मैदानमा खेल्नु परेको हो । राष्ट्रिय टिम छनोट समितिका सचिव महेन्द्र राईका अनुसार हटाइएका चारै जना कुवेतविरुद्धको टिममा रहेका थिए । त्यस्तै १३औँ सागमा खेल्ने तिन जना खेलाडी बर्खास्तीमा परेका हुन् । घर्ती लगायत अन्य ४ वजना खेलाडीहरु पटकपटक राति डिस्कोहरुमा जाने गरेको बताइएको छ । यो पटक पनि उनीहरुलाई ठमेलमा देखेपछि एन्फाले एन्सन लिएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु