काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक डायलासिस गरिएको छ । उहाँ ग्राण्डी इन्टरनेशनल अस्पतालमा डायलासिस गरेर प्रधानमन्त्री निवास बालुवाटर फिर्ता हुनु भएको छ । ग्राण्डी इन्टरनेशनल अस्पतालमा तेस्रो पटक डायलासिस गरिएको हो । यसअघि ग्राण्डीमै प्रधानमन्त्री ओलीको दुईपटक डायलासिस गरिएको थियो । १२ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीले गत साउनमा पहिला खाँदै आएको औषधि परिवर्तन गर्नुभएको थियो । मिर्गौला प्रत्यारोपण गरेका बिरामीले त्यसको कार्य सन्तुलन कायम राख्न औषधी खाइरहनु पर्ने हुन्छ । यसअघि नियमित फलोअपका लागि बैंकक जाने गर्नुभएका प्रधानमन्त्री गत साउनमा सिंगापुर जानु भएको थियो । सिंगापुरमा उहाँले पहिले खाने औषधि परिवर्तन गर्नुभएको थियो । औषधिको नकारात्मक असर देखिएपछि भदौमा प्रधानमन्त्री ओली फेरि सिंगापुर जानु भएको थियो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु