काठमाडौं । आज सिंगो विश्व नै वायु प्रदुषणसँग लड्दै आएको छ । हालै सार्वजनिक भएको जानकारी अनुसार भारतको राजधानी दिल्ली विश्वको सबैभन्दा बढी प्रदूषित शहरहरूको सुचीमा रहेको छ ।

अहिले दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ५२७ रहेको छ । निजी मौसम एजेन्सी स्काईमेटले विश्वका १० सबैभन्दा बढी प्रदूषित शहरहरूको रिपोर्ट जारी गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

जस अनुसार प्रदूषणसहितको सूचीमा कोलकाता पाँचौं र मुम्बई नवौं स्थानमा रहेका छन् । दिपावली पछि दिल्ली (एनसीआर)मा प्रदूषणको स्तर बढेको छ ।

स्काइमेटले दिल्लीमा वायु गुणवत्ता गत नौ दिनको लागि खतरनाक स्तरमा रहेको बताएको छ । दिल्लीमा पहिलो पटक प्रदूषण डरलाग्दो स्तरमा यति लामो समयसम्म रहेको हो ।

प्रदूषण नियन्त्रण बोर्डले बिहीबार दिल्लीको सबै शैक्षिक संस्थानहरू र दुई दिनदेखि उद्योगहरूलाई बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार सर्वोच्च अदालतले केन्द्र सरकारलाई दिल्लीमा १३ स्थानमा एयर प्युरिफायर टावर लगाउँन निर्देशन दिएको थियो ।

अदालतले दिल्ली सरकारको ओडइभन योजनालाई प्रदूषण कम गर्न प्रभावकारी नभएको बताएको छ । आईआईटी मुम्बईका प्राध्यापक, जसले विशेषज्ञको रूपमा सर्वोच्व अदालत पुगेका थिए ।

त्यहाँ उनले चीनको उदाहरण दिदै चिनमा विगत ५ बर्षमा प्रदूषण ३३ प्रतिशतले घटेको बताएका थिए । उनले चीन जस्तै १० किलोमिटरको दायरामा वायु शुद्धीकरण शोधक स्थापना गर्ने सल्लाह दिएका छन् । प्रदूषित शहरहरूको सूचकांक

  • दिल्ली (भारत) ५२७
  • लाहौर (पाकिस्तान) २३४
  • ताशकन्द (उज्बेकिस्तान) १८५
  • कराची (पाकिस्तान) १८०
  • कोलकाता (भारत) १६१
  • चेंगडु (चीन) १५८
  • हनोई (भियतनाम) १५८
  • गुआन्जाउ (चीन) १५७
  • मुम्बई (भारत) १५३
  • काठमाडौं (नेपाल) १५२

सम्बन्धित खबरहरु