काठमाडौं । लामो समय विश्वको सबैभन्दा धनी व्यक्तिका रुपमा चर्चा पाएका माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स केही वर्ष भने उक्त सुचिबाट हराए । उनी फेरि दुई वर्षपछि संसारकै सबैभन्दा धनी व्यक्तिका रुपमा अगाडी आएका छन् । अहिले सामाजिक काममा पनि उत्तिकै सक्रिय ६४ वर्षका गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब रहेको छ । चर्चित पत्रिका ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार सन् २०१७ पछि गेट्स सबै भन्दा धनी व्यक्ति भएका हुन् ।

सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए । तर, यो पटक भने उनी दोस्रो नम्बरमा रहेका छन् । उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर अर्थात १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको ब्लुम्बर्गले जनाएको छ । माइक्रोसफ्टको शेयर पछिल्लो समय बढेकाले गेट्सलाई फाइदा पुगेको हो । अमेरिकी रक्षा विभागले गत अक्टोबर २५ मा १० अर्ब डलरको क्लाउड कम्प्यूटिङ कन्ट्याक दिने घोषणा गरेको थियो ।

  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यसपछि माइक्रोसफ्टको शेयर ४ प्रतिशतले बढिसकेको छ । सोही समयमा अमेजनको शेयर भने २ प्रतिशतले घटेको छ । बेजोस दोस्रो नम्बरमा हुनुको कारण श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । गत अप्रिलमा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । त्यतिबेला उनले आफ्नो सम्पतीको २५ प्रतिशत श्रीमतीलाई दिनुपरेको थियो । यसबाट उनले ३५ अर्ब डलर गुमाए । यदी उनले पैसा नगुमाएको भए १ सय ४४ अर्ब डलर हुने थियो । एजेन्सी

सम्बन्धित खबरहरु