काठमाडौं । परीक्षाले हाम्रो जीवनमा निकै ठुलो अर्थ राख्छ । हामीले पलपलमा परीक्षा दिनुपर्छ । यो जरुरी छैन कि तपाईले विद्यालयमा नै परीक्षा दिनुहुन्छ । मानिस सधैं नै विद्यार्थी नै हुन्छ उसले धेरै कुराहरु सिक्नुपर्छ । आज हामीले परिक्षामा कसरी लेख्ने भन्ने विषयमा चर्चा गर्न गइरहेका छौं ।

प्रश्न बुझेर आफ्नै शैलीमा जवाफ दिने अभ्यास राम्रो हो । यसबाट बिद्यार्थीको बौद्धिक क्षमता मापन हुने हो । रचनात्मक जवाफले नै बढी अंक प्राप्त हुन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उत्तर लेख्नुअघि प्रश्न दोहोर्‍याएर पढ्ने गनुपर्छ । प्रश्नको आशय बुझेर मात्र त्यसको जवाफ लेख्नुपर्छ । प्रश्नले के मागेको हो, कति मागेको हो त्यतीमात्र जवाफ दिनुपर्छ । प्रश्न हल गर्दा प्राप्त हुने अंकको आधारमा जवाफ कति गहिराइमा पुगेर दिने हो भन्ने निर्धारण गर्नुपर्छ ।

पूरै दिन पुस्तकको पृष्ठ निर्रथक पल्टाउनु वा एक टपिकबाट अर्को टपिकमा भट्किनुभन्दा अलि गाह्रो लाग्ने छोडेर आफुलाई सजिलो लाग्ने प्रश्नको हल गर्नुजर्छ ।

प्रश्नले के खोजेको हो रु कस्तो जवाफ मागेको हो रु ठ्याक्कै त्यस्तै जवाफमा केन्द्रित हुनुपर्छ । प्रश्न अनुरुप कस्तो जवाफ दिने र कसरी दिने भन्ने कुरा तय गर्नुपर्छ ।

कुनै प्रश्न हल गरे पछि त्यसबाट कति अंक प्राप्त हुन्छ सोहि अनुसार उत्तर लेख्नु पर्छ । कुनै प्रश्न हल गर्दा २ अंक प्राप्त हुन्छ भने त्यसको जवाफ छोटो र छरितो हुनसक्छ । तर, कुनै प्रश्न हल गर्दा १० अंक प्राप्त हुन्छ भने, त्यसको जवाफ गहन र विस्तृत हुनुपर्छ ।

सम्बन्धित खबरहरु