काठमाडौं । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको वि'स्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् । सोमबार दिउँसो खानीमा ग्यास वि'स्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका थिए । अरु ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको भनाई छ । घाइतेहरुको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धान सुरु गराईसकिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

चीनमा खानीमा हुने यस्ता दुर्घटनाका घटना बेला बेलामा भइ नै रहने गरेको छ । खानीमा सुरक्षाको व्यवस्था अत्यन्त कमजोर रहेको जानकारहरु बताउँछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु