काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कानून पालनाका विषयमा आफ्नो पार्टी प्रतिवद्ध भएको बताएको छ । राजनीतिक लाभका लागि १२ वर्ष पहिले ब'म वि'स्फोटका घाइतेलाई इटाभट्टामा हालेर जि'उँदै ज'लाएको आरोपमा कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलम थुनामा परेकोबारे सोधेको प्रश्नमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो बताउनु भएको हो ।

आफुहरुले सुरुदेखि नै कानून ब'मोजिम हुने कुरालाई सहयोग र समर्थन गर्ने बताएको उहाँले जानकारी गराउँनुभयो । मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा, ‘चाहे कोही सांसद फौजदारी मु'द्दामा पर्दा निलम्बन होस्’ भन्नुभयो । प्रवक्ता शर्माले यस्तो कानून बनाउन कांग्रेसले नै पहल गरेको भन्दै यसको पालना गर्न पनि इमान्दार भएको उल्लेख गर्नुभयो । यस भन्दा पहिले कांग्रेस नेताहरुले आलमको बचाउन गर्दै आएका थिँए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु