काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बला'त्कारपछि ह'त्या भएको वर्ष दिन पुरा भएको पनि धेरै भैसक्यो । उनको परिवारले न्याय पाउँन सकेको छैन । यस प्रकरणले नेपाल प्रहरीको छवि समेत बिगारेको बताइन्छ । यसै प्रकरणमा १ रुपैया जरिवाना र १ घण्टा सजाय भुक्तान पाएका पत्रकार खेम भण्डारीले अदालत निष्पक्ष नभएको आरोप लगाएका छन् ।

उनलाई विपक्षी बनाएर कन्चनपुर बारले मुद्धा हालेको थियो । भण्डारीले अपहेलना मुद्दामा भएको फैसलामा आफुलाई पुनरावेदनको मौका नै नदिइ पक्राउ गरिएको बताएका छन् । कञ्चनपुर कारागारबाट रिहा भएलगत्तै प्रतिक्रिया दिँदै पत्रकार भण्डारीले न्यायलय निष्पक्ष नभएको खुलासा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो दुःखेसो पोखेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनले भनेका छन्, ‘अदालतको फैसला पालना गर्दै एक घन्टा कैद भुक्तान गरे, एक रुपैयाँ जरिवाना तिरे । तर, अदालतले मेरो पुनरावेदन गर्न पाउने अधिकार अपहरण गरेको छ । यसबाट निर्मला प्रकरणमा अदालतभित्रका केही कालाकर्तुतेहरूको मिलेमतोको गन्ध पाइएको छ । अब न्यायलयलाइ कलन्कित गर्नेहरूबिरुद्ध लड्ने बाटो खुलेको छ, चाहे त्यो न्यायाधिश नै किन नहोस । मैले पुनरावेदनको म्याद प्राप्त गर्ने अवस्था रहेको थियो तर दिइएन ।’

https://www.facebook.com/khem.bhandari.9/posts/10216544348107714

उनले अगाडी भनेका छन, ‘यसबिरुद्ध म सर्वोच्च अदालत मात्रै होइन, न्याय परिसद मा पनि जादैछु । अदालतको प्रतिस्ठा कायम गर्ने मूल जिम्मेवारी न्यायमूर्तिहरूको हो । त्यसैले सक्षम र बिबेकी न्यायाधिशहरू निर्मला प्रकरणमा सच्चा न्यायमूर्ती नै सबित हुनुहुनेछ भन्ने आशा कायम छ । कदाचित कुनै अवान्छित मिलेमतो भयो भने सजाय र जरिवानाको प्रवाह नगरी लड्ने प्रण पनि गर्दछु ।’

अर्को एक स्टाटसमा पत्रकार भण्डारीले, ‘लडाइको दायरा फराकिलो भएको छ । न्यायलयभित्रका कुलङ्गारबिरुद्ध जमेर लडिन्छ , सजाय र जरिवाना धिक्कार छ’ भनेर लेखेका छन् । पत्रकार भण्डारी मानसखण्ड दैनिकका सम्पादक समेत हुन् ।

https://www.facebook.com/khem.bhandari.9/posts/10216544372068313

सम्बन्धित खबरहरु