काठमाडौं । नेपालमा फेरि भुकम्पको जोडदार धक्का महसुस गरिएको छ । आज बेलुका ७ बजेर १५ मिनेट जाँदा बझाङ आसपास केन्द्र भएर भुकम्प गएको हो । भुकम्प मापन केन्द्रका अनुसार भुकम्पको मापन ५.७ म्याग्नेच्युट रहेको छ । यसले यसले सुदुरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुलाई हल्लाएको बताइएको छ ।

https://twitter.com/NepalNsc/status/1196792340108607488

ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका थिए । बझाङको पौवागडी केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । भुकम्पले कुनै क्षति पुर्याएको छ कि छैन भन्नेबारे विस्तृत जानकारी आएको छैन ।

[caption id="" align="aligncenter" width="2500"] File Photo[/caption]

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु