काठमाडौं । आइतबार राति करिब १२ बजे तिर लाहानबाट लु'टिएको डिजेल सहितको ट्याङ्कर धनुषाको महेन्द्रनगरको रमदैया भवारी सडकमा भेटिएको छ । अमलेखगञ्जबाट बिस हजार लिटर डिजेल बोकेर विराटनगरतर्फ गइरहेको ना। ४ ख ४१६३ नम्बरको ट्याङ्कर लाहानबाट लु'टिएपछि सिरहा प्रहरीले ट्याङ्करलाई धनुषाको रमदैया भवारी सडकमा फेला पारेको छ ।

[caption id="" align="aligncenter" width="3323"] File Photo[/caption]

सिरहा प्रहरीको अनुरोधमा सप्तरी, धनुषा र प्रदेश प्रहरीले समेत ट्याङ्करको खोजी कार्यमा लागेको थियो । प्रहरीले ट्याङ्कर रमदैया भवारीमा रोकिरहेको अवस्थामा विहान ८ः४५ बजेतिर फेला पारेको हो । अहिले ट्याङ्करलाई सिरहा ल्याउनका लागि इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक भेषराज रिजालको नेतृत्वको टोली त्यहाँ गएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रिजालले ट्याङ्करमा डिजेल रहेको वा नरहेको बारे त्यहाँ पुगेपछि मात्र थाहा हुने जानकारी दिनुभएको छ । उहाँले ट्याङ्कर सिरहा जिल्लाभित्र ल्याइसकेपछि बाँकी छानबिन अगाडि बढाउँने बताउनु भएको छ । ट्याङ्कर हराएको २४ घण्टापछि सम्पर्कमा आएका चालक रामदेव यादव अहिले पनि इलाका प्रहरी कार्यालय लहानमा रहेका छन् ।

सम्बन्धित खबरहरु