महान दार्शनिक स्वेट मार्डनको यो एक शुत्र अपनाउनुहोस सफलता तपाईतिर आउँछ

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ४ मङ्सिर, २०७६

काठमाडौं । तपाइ पनि सफल हुँन सक्नुहुँन्छ । फेरी पनि स्मरण–शक्ति बढाउँदा तपाईले अझै अधिक सफलता पाउँन सक्नु हुँन्छ , अझै माथि छुन सक्नु हुँन्छ । सफलताको मार्गमा एक बाधा स्मरण शक्तिको कमी हो । जुन ब्यक्तिको स्मरण शक्ति निकै क्षीण छ ,त्यसले सफलता निकै ढिलो हाँसिल गर्दछ । ती व्यक्तिहरु जीवनमा निकै चाँडो सफल हुन्छन्, जसको स्मरण शक्ति प्रबल हुन्छ , जसले देखेको , पढेको या सुनेको कुराहरु कहिले पनि बिर्सिदैन ।

तपाईको स्मरण शक्ति निकै कमजोर छ र,तपाई हरेक कुरालाई चाँडै नै बिर्सिनु हुँन्छ भने यसको यो अर्थ नलगाउँनुहोस् कि तपाई असफल व्यक्ति हो । तपाई पनि सफल हुँन सक्नु हुन्छ । र सफल हो पनि । फेरी पनि स्मरण शक्ति बढाउँनाले तपाईले अझै अधिक सफलता पाउन सक्नु हुँँन्छ । अझै उचाइलाई छुन सक्नु हुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

स्मरण शक्तिलाई बढाउँनु असम्भव छैन । ठुला ठुला दार्शनिकहरुका यस्ता यस्ता कथाहरु पढ्न अथवा सुन्न पाईन्छ कि उनीहरुको भुलक्कडपनलाई देख्दा हाँसो उठ्छ । एक महान फिरोकोफर बजारमा किनेको चिजलाई जहाँबाट किन्दथे त्यही दोकानमा बिर्सिन्थे । घर आउँदा आफ्नी पत्नीको अगाडि लज्जित हुन्थे ।

एक महान गणितिज्ञ हिसाब –किताबकमा यति धेरै कमजोर थिए कि उनलाई आफ्नो बैंक ब्यालेन्स पनि याद हुँदैन थियो । कैँयौ शिक्षकहरु जसले विद्यार्थीहरुलाई गम्भिर बिषयहरु पढाउँथे र उनीहरुलाई स्मरण राख्ने शिक्षा दिन्थे , स्वयम बिर्सिन्थे कि पत्नीले उनलाई बजारमा के लिन पढाएको हो । तपाईहरु मध्ये धेरै जसो मानिसहरु छन् , जसले बस,रेल र सिनेमा हलको सिटमा केही न केही बिर्सेर आउँछन् ।

बैंक या पोष्ट अफिसमा अन्जान व्यक्तिले तपाईुंग दुई पंक्ति लेख्नका लागि पेन माग्दछ, तपाईले दिनु हुँन्छ र कुनै काममा लाग्नु हुन्छ । तपाईले बिर्सिनुहुन्छ र उसले यसको लाभ उठाउँदै पेन लगेर जान्छ । पत्र त तपाइले लेख्नु भयो , चिठ्ठी हालेर लेटर बक्समा छोडिदिनुभयो । पछि तपाईलाई याद भयो कि तपाईले त त्यसमा ठेगाना लेख्न नै बिर्सिनुभयो, या तपाइले ठेगाना पनि लेख्नु भएको थियो तर टिकट लगाउँन बिर्सिनु भयो ।

एकातर्फ यस्ता भुलका कथाहरु छन् ,त्यो पनि पढे लेखेका र योग्य व्यक्तिहरुका भुलहरु हुँन । अर्को तर्फ एक अनपढ धोबीले यो कुरा याद राख्दछ कि कुन कपडा कुन व्यक्तिको हो । धबीहरुको स्मरण शक्ति आश्चार्यजनक हुन्छ । एक साधारण धोबीले यस कारणले तिव्र स्मरण शक्ति राख्दछ , किनभने उसको धन्दा स्मरण शक्ति संग सम्बन्धित हुन्छ ।

याद बढ्दै जान्छ । तपाईले पनि चाहानु भयो भने आफ्नो स्मरण शत्तिलाई बढाउँन सक्नु हुन्छ । हरदयाल भारतका एक यस्ता व्यक्ति हुन जसले पुरै पुस्तक एक पटक पढिसकेपछि पुरै पुस्तक याद राख्दथे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु