काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो टिमसँग काम गर्न नसक्ने भनेपछि नयाँ टिम ल्याइएको छ । पुनर्गठित मन्त्रिपरिषद्‌मा समेटिएका मन्त्रीहरूको सपथ आज बिहान ११ बजे हुने जानकारी दिइएको छ । नयाँ मन्त्रीहरुलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा लालबाबु पण्डितलाई हटाएर हृदयेश त्रिपाठीलाई ल्याइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रीमा चक्रपाणि खनाललाई हटाएर घनश्याम भुसाललाई ल्याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मातृका यादवलाई हटाएर लेखराज भट्टलाई ल्याइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट गोकर्ण विष्टलाई हटाएर रामेश्वर राय यादवलाई ल्याइएको छ ।

अहिलेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री बनाइएको छ । स्वास्थ्य मन्त्रालयमा भानुभक्त ढकाल आउँनु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा वसन्तकुमार नेम्वाङ आउँनु भएको छ । त्यसअघि सो मन्त्रालयको नेतृत्व रघुवीर महासेठले गर्नुभएको थियो । एउटा रमाइलो कुरा के भने पार्वत गुरुङ महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री हुनु भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यसअघि सो मन्त्रालय थममाया थापाको नेतृत्वमा थियो । यो मन्त्रालयमा यस पटक पुरुष आएका छन् । मोतीलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दिइएको छ । नवराज रावतलाई स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री बनाइएको । रामवीर मानन्धरलाई भने सहरी विकास राज्यमन्त्री बनाइएको छ ।

सम्बन्धित खबरहरु