विदेशीको नेपाली नागरिकता रद्ध गर्ने देखि सरकारले गर्यो यस्ता २२ निर्णय
काठमाडौं । मन्त्रिपरिषद् पुनःगठनसँगै सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक भएका हुन् । सरकारले जबरजस्ती करण मुद्दाका चार पीडितलाई राज्यले अभिभावक्त्व ग्रहण गर्दै संविधान प्रदत्त सामाजिक पुनःस्थापना र क्षतिपूर्तिको हकलाई प्रयोग र प्रचलन गर्नका लागि जनही पाँच लाख उपलब्ध गराउने जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
सरकारले लोचन कुमारी हरलालक, जयप्रकाश अग्रवाल र रञ्जितकुमार अग्रवालको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको पनि जानकारी दिएको छ । सरकारले गरेका २२ निर्णय सार्वजनिक गरिएको छ ।