मन्त्री पद गुमेसँगै गोकर्ण विष्टले खुलाए यस्तो गम्भीर रहस्य


काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र श्रमजीवी वर्गका पक्षमा ल’डिरहने प्रण गर्नुभएको छ । मन्त्री पदबाट बाहिरिएपछि मन्त्रालयमा आज आयोजित बिदाइ कार्यक्रममा उहाँले सरकार बदलिने र मन्त्रिमण्डल फेरबदल स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै आफू देश र जनताको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । “जनताको पक्षमा काम गर्दा निकै ठूलो चुनौतीको सामना गर्नुपर्छ भन्नेमा म पहिल्यै जानकार थिएँ”, विष्टले भन्नुभयो, “वैदेशिक रोजगारी सुधारका साथै जनताको पक्षमा काम गर्दा ठूलो अप्ठ्यारोमा पारियो ।”

उहाँले आफू श्रममन्त्रीका रूपमा कार्यरत रहँदा वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवा, पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताउनुभयो । “आफू थप ऊर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको छु”, उहाँले भन्नुभयो, “मन्त्रीका रूपमा काम गर्ने अवसर प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीप्रति कृतज्ञ छु ।”

नवनियुक्त मन्त्री रामेश्वरराय यादवलाई कार्यकाल सफलताको शुभकामना दिँदै उहाँले श्रमजीवी वर्गको पक्षमा आफूले चालेको कदम सफल हुने विश्वास व्यक्त गर्नुभयो । “बेरोजगारी, अभाव तथा गरीबीसँग ल’डिरहेका नेपालीलाई थोरै भए पनि राज्यका तर्फबाट सुरक्षा प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याइएको छ”, ती कार्यक्रम सफलताप्रति आशङ्का व्यक्त गर्दै उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीसम्बन्धी ठगी रोकेर न्याय दिन, यस क्षेत्रमा रहेको विकृति विसङ्गति नियन्त्रण गर्न सफल हुने विश्वास गर्दछु ।” रासस

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं