काठमाडौं । काठमाडौं उपत्यकामा भनेको जस्तो होईन कोठा मात्रै भए पनि पाउन गाह्रो छ । यो एक जटिल समस्या पनि हो भन्दा फरक नपर्ला । यस्तै, नेपालका धेरै राजनीतिज्ञहरुको काठमाडौंमा घर छैन । उनीहरु भाडामा बसेर देश र जनताको पक्षमा काम गर्दै आइरहेका छन् ।

काठमाडौंमा घर नभएका नेताहरुमा लालबाबु पण्डित पनि रहनु भएको छ । दुई पटक मन्त्री हुनु भएको उहाँले काठमाडौंमा घर जोड्नु भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद् पुनर्गठनमा निवर्तमान सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पद चैट भयो । काठमाडौंमा घर नभएपछि भाडामा बस्दै आएका उनीहरुले मन्त्री भएपछि डेरा छाडेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तर, बुधबार मध्यरातमा मन्त्रीबाट हटाइएको खबर पाएपछि पण्डित परिवारले कोठा खोज्न सुरु गरेको छ । जानकारी अनुसार अहिलेसम्म कोठा नपाएको पूर्वमन्त्री पण्डितकी श्रीमती विमला महत पण्डितले बताउनुभयो । यस अघी पण्डितले पनि कोठाका लागि सहयोग गर्न अपिल गर्नुभएको थियो ।

पण्डितपत्नी महतले कोठा खोज्न जाँदा एक महिलाबाट आफू अपमानित भएको गुनासो गर्नुभयो । कोठा खोज्न जाँदा आफूले भोगेको अपमानको पीडाबारे उहाँले भन्नुभयो, ‘सरले केही भन्नु भएन, तर म्यामले चैँ नराम्रो व्यवहार गर्नुभयो, अब त्यहाँ सित्तैँ दिए पनि चाहिँदैन।’ कार्यकर्तादेखि कलाकारसम्मले कोठा खोज्न सहयोग गरेको भएपनि फेला नपरेको उहाँले स्पष्ट पार्नुभयो ।

संसद भवननजिक कम्तिमा चार कोठाको २० हजार रुपैयाँ मुल्य बराबरको फ्लाइट खोजेको पनि उहाँले जानकारी दिनुभयो । कोठा खोज्दाको धपेडीले पूर्वमन्त्री पण्डित पनि बिरामी हुनु भएको छ । कोठा नपाएपछि टाउको दुखेको पूर्वमन्त्री पण्डितले जानकारी दिए ।

सम्बन्धित खबरहरु