काठमाडौं । बच्चाहरुको वा विद्यार्थीहरुको घर पछिको दोस्रो पाठशाला विद्यालय हो । विद्याथीहरुले स्कुलबाट नै धेरै कुराको ज्ञान पाउँछन् । विद्यलयमा असल शिक्षकका कारणले विद्यर्थीहरु असल, ज्ञानी र लगनशिल बन्दछन् । त्यसैले विद्यालयलाई मन्दिर र गरुलाई भगवानको संज्ञा दिइन्छ । असल शिक्षका कारणले नै एउटा असल विद्यनर्थी असल मानिस बन्ने गर्छ । त्यसैले हाम्रो समाजमा गरुलाई भगवानको स्थान दिइन्छ ।

भाषाका प्रमुख चार सीप सुनाइ, बोलाइ, पढाइ र लेखाइमध्ये जन्मसिद्ध रूपमा सुनाइ र बोलाइ सीप आउँने गछन् । मानिस जन्मेपछि सबैले सुन्न र बोल्न बिस्तारै जान्ने गछन् । त्यसपछि पढ्न र लेख्न भने उसले थप सीप सिक्नुपर्ने हुन्छ । कसैको सहयोग बिना पढ्ने र लेख्ने सीप सिक्न सकिँदैन ।

त्यसका लागि विद्यालय नै त्यस्तो थलो हो, जहाँ बालबालिकाले पढ्ने र लेख्ने थप सीप सिक्छन् । बालबाललिकाहरुलाई पढ्ने बानीको विकास गराउन प्रशस्त सहयोग र सद्भावको आवश्यकता पर्छ जसलाई शिक्षयकले पुरा गर्छन् । शिक्षकले पढाउँदा ध्यान दिनुपर्ने कुराहरु

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

१ शिक्षकले पढाउँने क्रममा विद्यार्थीलाई आदर र सम्मानको शैलीले पढाउँने गर्नुपर्छ । शिक्षकको यस्तो शैलीबाट उनीहरुले आदर सम्मान गर्न सिक्छन् । त्यसैले प्रभावकारी पढाइ क्रियाकलापका लागि बालबालिकाप्रति आदर सम्मान ज्यादै महत्वपूर्ण देखिन्छ ।

२ शिक्षयकले गृहकार्यलाई नियनित जाँच गर्ने गर्नु पर्छ । कतिपय शिक्षकले विद्यार्थीलाई प्रशस्त गृहकार्य दिने गर्छ, तर समयाभावले त्यो दिएको कार्यलाई हेर्न भ्याउँदैन । जसले गर्दा बालबालिकामा गृहकार्यप्रति वितृष्णा फैलिन्छ । उनीहरूलाई दोस्रोपटक गृहकार्य गर्न मनै नलाग्ने हुन्छ । शिक्षकल त्यसैले दिएको कार्यलाईे नियमित चेकजाँच गर्नुपर्छ ।

३ शिक्षकले विद्यार्थीले जानी नजानी गल्ति गरिहाल्यो भने सजाय दिने, कुट्ने,पिट्ने, गाली गर्नै गर्नुहुँदैन । यसले विद्यार्थीको मस्तिष्कमा नकारात्मक प्रभाव पर्न जान्छ । त्यसैले गाली नगरेर आरामले राम्रोसंग सम्झाउँनु पर्छ ।

४ सादापन र नम्रता शिक्षाको गहना हो, जसमा बालबालिका प्रभावित हुन्छन् । उनीहरू सफा र सादापनमा पनि विश्वास गर्छन् । शिक्षकको सरसफाइ तथा नम्र र साधापनले बालबालिकाको वैयक्तिक विकासमा सकारात्मक प्रभाव पार्छ । बालबालिकाहरुल शिक्षकको हरेक बोलिचाली, हिँडाइ, चालडालको अभिनय गर्छन् । त्यसैले शिक्षक नमुना शिक्षक भइदिए उनीहरूको पढाइ लेखाइमा पनि सकारात्मक प्रभाव पर्दछ ।

सम्बन्धित खबरहरु