काठमाडौं । वास्तु शास्त्रलाई विश्वास गर्नेहरुले यसलाई निकै माथिल्लो स्थानमा राख्ने गरेका छन् । त्यसैले घर बनाउँदा वास्तुको राम्रोसंग विचार पुर्याएर बनाउने गरिन्छ । घरको वनावटले घरमा बस्नेहरुमाथि शारिरिक, आर्थिक र मानसिक असर गर्ने विश्वास रहेको छ । वास्तु शास्त्र एउटा प्राचिन विज्ञान हो । घर, भवन आदि निमार्ण गर्दा वा घरमा केकस्ता वस्तुहरु राख्ने ,नराख्ने भन्ने बारेमा वास्तुका केहि नियमहरु रहेका हुन्छन् । यदि वास्तुका उक्त नियमहरु पालना गर्नाले घरमा सुख,शान्ति, आर्थिक अवस्थामा राम्रो असर पर्ने मान्यता रहेको छ । यसका नियमको पालना गर्नाले घरमा सकारात्मक उर्जा पर्न गई नकारात्मक उर्जाको नास हुने विश्वास वास्तुमा रहेको छ । वास्तुको नियम विपरित कार्य गर्दा घरका नकारात्मक उर्जाको आगमन हुने गर्दछ । जसले घरमा नकारात्मक उर्जा फैलाउँदछ र घरमा अशान्तिको बास हुने मान्यता वास्तुमा रहेको छ । वास्तु शास्त्रका अनुसार घरमा केही यस्ता वस्तुहरु छन् जसलाई घरमा राख्नाले कहिलै पनि धनको अभाव हँुदैन । हिन्दु धर्मका अनुसार वास्तुका नियमको पालना गरि बनाइएका घरहरुमा सधै सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ । वास्तु शास्त्रमा मानिसले एउटा घरमा बस्न थालेपछि त्यो घरको खास उर्जाले उसलाई असर गर्न सुरु गर्ने विश्वास रहेको छ । त्यसैले घरको निर्माण गर्दा बिशेष ध्यान दिनुपर्छ ।

१ वास्तुका अनुसार घरको दक्षिणी र पश्चिमी भित्ता उत्तरी र पुर्वी भन्दा अग्लो र मोटो हुनु बनाउँनु पर्छ।

२ वास्तुका अनुसार पैसा राख्ने, वाकस, दराज वा लकरलाई घरको दक्षिण वा दक्षिण पश्चिम भित्तामा राख्नु पर्छ ताकी उत्तर दिशा खाली फर्कियोस। उत्तर दिशा कुबेरको दिशा हो। यसरी पैसा राख्ने भाडो उत्तरतिर फर्काउदा पैसाको कमि नहुने विश्वास रहेको छ ।

३ वास्तुका अनुसार घरको दक्षिण पश्चिम भागमा रुखहरु रोप्नु पर्छ। यसले घरको दुर्भाग्य र व्यवसायलाई बचाउने गर्छ ।

४ वास्तुका अनुसार घरको छानाको दक्षिण पश्चिमी भाग उत्तर पुर्वी भाग भन्दा उच्च हुनु पर्छ। अर्थात घरको छानो दक्षिण पश्चिम तिरबाट उत्तरपुर्वतर बनाउँनु पर्छ ।

५ वास्तुका अनुसार घरको मुख्य ढोका सजाउएर राख्नुलाई शुभ मानिन्छ। घरभित्र बैजनीरंगको भाडोमा विरुवा राख्नु पर्छ ।

६ वास्तुका अनुसार घसका झ्यालहरु उत्तर – पुर्व दिशामा बनाउँनु पर्छ ।

७ घरको आँगन ठुलो र फराकिलो बनाउँनु पर्छ ।

८ वास्तुका अनुसार घरको पूर्व तथा उत्तर दिशा देवस्थान भएकाले यस दिशामा शौचालय बनाउनु हुँदैन । यस स्थानमा शौचालय भएमा यसले घरमा धेरै प्रकारका समस्याहरु ल्याउने कुरा वास्तु शास्त्रमा बताइएको छ ।

९ प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो,ढोका खोल्दा बन्द गर्दा आवाज नआउँने, ढोका धरातलभन्दा तल नबनाउँने, पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख द्वार बनाउनु पर्छ ।

सम्बन्धित खबरहरु