काठमाडौं । भारतको हैदराबादमा रहेको तेलंगानामा ८ वर्षीय बालिकाले दुई नयाँ विश्व रेकर्डहरू बनाएकी छन् । जसलाई एलिट वल्ड रेकड्स एलएलसी यूएसएले मान्यता दिएको छ । पीडीभी सहरुदा नामकी बालिकाले ओग्रामी मोडेल र सिरेमिक टाइल्स तोडेर उक्त रेकर्डहरू बनाएकी हुन । सहरूदाले २० मिनेटमा १०२ ओरिगामी मोडलहरू बनाएर २० मिनेटमा ३५० सिरेमिक टाईलहरू तोडेकी थिइन् । यो भन्दा पहिले यो रेकर्ड उत्तर कोरियाका एक खेलाडीले २० मिनेटमा २०२ टाईलहरू तोडेका थिए । तर ८ बर्षकी सहरुदाले २० मिनेटमा ३५० सिरेमिक टाईलहरू तोडेकी छन् ।

यस उपलब्धिमा सहरुदाले आफ्ले तीन वटा विश्व कीर्तिमान तोड्न कोशिश गरेंको तर त्यसमध्ये दुईवटा विश्व कीर्तिमान कायम गर्न सफल भएको बताएकी छन । सहरुदाले राष्ट्रिय र राज्य कीर्तिमान हाँसिल गरेको बताएकी छन् । उनले गत एक वर्षदेखि कराटे सिक्दै आएको र त्यसमा अहिले आफरले ग्रिन बेल्ट पाएको बताकी थिइन् । सहारुदाकी प्रशिक्षक अश्विनी आनंदले आफ्नो उद्देश्य अधिक केटी र महिलाहरूलाई प्रशिक्षण दिनु रहेको बताएकी छन् । उनले सहरुदालाई वल्र्ड च्याम्पियनशिप र अन्य प्रतियोगिताका लागि तयार गदैगरेको बताएकी छन् । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु