काठमाडौं । आजको विलासी जीवनशैलीले मानिसलाई सामान्य समस्याहरुबाट पिडित बनाएइको छ । यस्तै अहिले धेरैलाई तौल बढ्ने अर्थात मोटोपनको समस्या हुने गर्छ । यसका लागि अनेक थरी उपायहरु पनि बजारमा आइरहेका हुन्छन् । अहिले बाहिर आएको जानकारी अनुसार दैनिक र नियमित रूपमा कान समातेर उठबस गर्दा शरीरको अनावश्यक तौललाई घटाएर शरीरलाई समेत स्वस्थ बनाउन मद्दत गर्छ ।

कान समातेर उठबस गर्नु, वा सजिलै उठबस गर्न नसके ढोकाको सहायता लिएर उठबस गर्नु वास्तवमै एक प्रकारको व्यायम नै हो । यसरी कान समातेर उठबस गर्नुलाई योगको भाषामा ‘सुपरब्रेन योगा’ भन्ने गरिएको छ । कान समातेर उठबस गर्दा केही दिनसम्म खुट्टा तथा जिउ असाध्यै दुख्ने गर्छ तर, समयसँगै बिस्तारै शरीरको दुखाई कम भएर शान्त महसुस हुँदै जान्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यो योगा गर्नाले शरीरको पेट, तीघ्रा तथा अन्य ठाउँमा जम्मा भएका बोसोलाई पगाल्ने क्षमता राख्ने अनुसन्धानकर्ताहरु दावा गर्छन । नियमित रूपमा कान समातेर उठबस गर्नाले पसिना बगेर क्यलारी बर्न हुन्छ र छिट्टै शरीरको तौल घट्नुका साथै, हड्डी पनि मजबूत हुन्छ । उठबसले मोटोपनको समस्यालाई निवारण गरी उच्च रक्तचाप, कोलेस्टेरोल तथा मुटुसम्बन्धी रोगहरूबाट बचाउन सहयोग गर्छ ।

दैनिक ३० मिनेट उठबस गर्दा क्वाड्रसिप्स, पिँडुला, ग्लुट्स, हिप्स र हेमस्ट्रिङमा हुने गतिबिधिले गर्दा हाम्रो खुट्टाको हड्डी र मांसपेशीहरु बलियो हुने गर्छ । यस्तो गतिविधिले मांसपेशीमा फाइबर र अक्सिजनको मात्रालाई सन्तुलन गरेर शरीरलाई ऊर्जा प्रदान गर्छ । एजेन्सी

सम्बन्धित खबरहरु