कास्की । पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाअध्यक्षको गाडीमा शक्तिशा'ली ब'म वि'ष्फोट भएको छ । वडाध्यक्ष शिवप्रसाद आचार्यको घरमै पार्किङ गरेर राखिएको गाडीमा गएराति साढे २ बजेतिर ब'म वि'ष्फोट भएको हो ।

वडा नम्बर ३३ का अध्यक्ष भए पनि उनी वडा नम्बर १७ मा अवस्थित घरमा बस्दै आएका थिए । उनले गाडीमा ब'म नै वि'ष्फोट भएको बताए । वि'ष्फोटबाट गाडीको अघिल्लो भागमा क्ष'ति पुगेको छ । ब'म वि'ष्फोट कसले र किन गराएको भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ । पोखरामा अहिले उपनिर्वाचनको तयारी चलिरहेको छ । चुनावलाई प्रभावमा पार्न कुनै तत्वले यस्तो कार्य गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु