काठमाडौं । जाडो मौसमको सुरुवात भएसंगै चिसोका कारणले विभिन्न समस्याले सताउने गर्दछ। त्यसमध्ये कपालमा सुख्खापन आउने, चाया पर्ने, कपाल टुक्रने समस्याले धेरै सताउँने गर्छ । त्यसैले जाडोयामा कपालको बिषेश ध्यान दिनुपर्छ ।
चिसोबाट जोगिन समान्यतया स्कार्फ वा टोपीलगाउने गरिन्छ। जसले गर्दा कपाल बिग्रने,कपालमा चिपचिपपन, कोमलता कम हुँने ,कपाल सुख्खा,जर्रो हुने र चाया पर्न जान्छ । जाडो मौसममा कपालको धेरै स्याहार हर्नु पर्छ । आज हामी यस विषयमा चर्चा गर्न गइरहेका छौं ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
१जाडो मौसममा साता दुई पटक जैतुन, बदाम र तिलको तेल मिसाएर यसलाई हल्का तताएर त्यसमा २ वटा भिटामिन इ क्याप्सुल मिसाई त्यसले मसाज गर्नु उचित हुन्छ । जसले गर्दा कपालमा चमक आउने गर्छ ।
- जाडोमा हप्ताको एक पटक हेयर मास्क लगाउनु उपयुक्त हुन्छ। हेयर मास्कले कपाल स्वस्थ र सुन्दर बन्छ।
- जाडो मौसममा कम्तीमा हप्तामा २ पटक तातो तेलले कपाल मसाज गर्नु पर्छ। मनतातो तेलले केशलाई चम्किलो र हेल्दी बनाउने गर्दछ । त्यसपछि सफा पानीले स्याम्पु लगाएर कपाल धोएर कन्डिसनर वा ट्रिटमेन्ट क्रिमको प्रयोग गर्ने गर्नु पर्छ।
- कपाल पखाली सकेपछि हेयर ड्रायरले कपाल सुकाउनु हुँदैन। ड्रायरको प्रयोग वा चर्को घाममा कपाल खुला राखेर सोझै बस्दा चमक गुम्ने भएकाले घाममा बस्दा जहिले पनि कपाल छोप्नु पर्छ।
- यदि कपाल चिल्लो छ भने तेल लगाउनु पर्दैन । चिल्लो केश हप्तामा दुईपटक स्याम्पु गर्नुपर्छ । स्याम्पु गर्नुभन्दा पहिले एउटा अण्डाको सेतो भागमा एउटा कागतीको रस मिसाई दस मिनेट लगाएर बस्ने र पछि धोएर स्याम्पु लगाउँने गर्नु पर्छ ।
- नुहाइसकेपछि चिसो कपालमा ब्लो ड्रायरको प्रयोग ठीक होइन। तातो हावाले कपाललाई झन् सुक्खा हुन्छ। त्यसको साटो रुमालले पानी सोसेर कपाल सुखाउनु राम्रो हुन्छ। आवश्यक परेमा तातो ब्लो ड्रायरको साटो चिसो ब्लो ड्रायरको प्रयोग गर्न सकिन्छ । एजेन्सी