काठमाडौँ । अहिले जाडा मौसमको शुरुवात भैरहेको छ । दिउसो घाम लागेको बेलामा अलि न्यानो भएपनि साँझ र बिहान चिसो हुन थालेको छ । जाडो मौसमको आगमनसंगै बिभिन्न समस्याहरुले सताउँने गर्छन् । जाडोयाममा छालाको बिशेष ख्याल राख्नु पर्छ ।

जाडोमा पसिना र चिल्लो निकाल्ने ग्रन्थीले राम्रोसँग काम नगर्दा छाला फुस्रो हुने, चिलाउने, चाया–पोतो आउन र छाला सम्बन्धि विभिन्न किसिमका समस्याहरु देखा पर्न थाल्छन् । जाडोमा छाला रुखो र सुख्खा हुने हुँदा यस मौसममा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

१ अघिल्लो वर्ष दराजमा थन्क्याइएका बाक्ला लुगाहरू झिक्दै लगाउँदै गर्दा छालामा एलर्जी हुनसक्छ । यो सामान्य चलनको कुरा हो, तर यसले धेरैलाई दुःख दिएको छ । त्यसकारण, तिनीहरुलाई राम्रोसँग धोएर घाममा सुकाएर मात्र प्रयोग गर्नुपर्छ ।

२ जाडोयामा चिसोमा काम गर्ने बित्तिकै हातखुट्टा सुनिने, रातो हुने, फुट्ने चिलाउने, पानीको फोका आउने र फुटेर घाउँ हुने समस्या देखिने गर्छन् । जसलाई चिकित्सकीय भाषामा ‘चिलबेल्न’ पनि भनिन्छ । यसको समस्या आउन नदिनुका लागि लुगा धोएपछि, भाँडा माझ्दा या कुनै पनि काममा चिसोपानी प्रयोग गर्दा पञ्जाको प्रयोग गर्ने। सकेसम्म जाडोयामा धेरैबेरसम्म चिसो पानीमा नबस्ने ।

३ जाडोयामा हातखुट्टाको छाला बाक्लो, कडा हुनुको साथै फुट्ने गर्छ । । हातगोडा फुट्ने समस्या आउन नदिन एक्कासी धेरै तातो वा चिसो पार्नुहुँदैन। भाँडाकुँडा धुँदा तातो होस वा चिसो, सधैं एकैखालको पानी चलाउनुपर्छ । पानीको काम गर्दा वाटरप्रुफ पञ्जा लगाउँदा वा भ्यासेलिन दल्दा राम्रो हुन्छ। छालालाई शुष्क हुन नदिन अरू वेला पनि भ्यासलिन उपयोगी हुन्छ ।

४ जाडोयामा छालाको शुष्कताको समस्या पौष्टिक खानपान, माछा, ओमेगा थ्री तथा ओमेगा छ आदिको सेवनबाट हटाउन सकिन्छ । सोरायसिस र एक्जिमा जस्ता छालाका संक्रामक रोगको सामना गर्न शरीरको प्रतिरक्षा प्रणालीलाई चुस्त राख्नुपर्छ । आफ्नो भोजनमा अंगुर, गाजर, पालक, बदाम, अण्डा, माछा आदि समावेश गर्नुपर्छ । यी सबै मिटामिन तथा ओमेगा थ्रीका राम्रा स्रोत हुन् ।

५ जाडोयामा घरबाट बाहिर निस्कँदा हातमा पञ्जा, खुट्टामा मोजा, मुखमा माक्स तथा चस्माको प्रयोग गर्ने। यी विधि अपनाएमा तपाई छाला सधैँ चम्किलो स्वस्थ रहन्छ ।

सम्बन्धित खबरहरु