काठमाडौं । अहिलेको बद्लिदो मौसमका कारणले शरीर कहिले काहीँ तलमाथि हुँने गर्छ । सधै एकैनासको स्वास्थ्य रहदैन । शरीर स्वस्थ हुँदैन । अहिलेको व्यवस्तताले शरीर थकान र कमजोर हुँन जान्छ । जसले गर्दा काम गर्न मन नलाग्ने आलस्य र भोक नलाग्ने हुन्छ । त्यसैले शरीरलाई सधै स्वस्थ राख्नु पर्छ ।

१‍ दैनिक रुपमा अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा खाँने , छोकडा, दुई–तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँने, अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नु भन्दा अघि एक चम्चा पाउडर खाने गर्नु पर्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

२ दैनिक पालकको सागको एक गिलास जुस पिउने, दूधमा एक चम्चा मह र थोरै बेसार राखेर खाने,केरा दूधमा मिसाएर खाँने गर्नु पर्छ ।

३ एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलोमा मह मिसाएर खाँने, बेलुपी पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउने ।

४ खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खाने, मेथी पाँच घण्टासम्म पानीमा भिएर त्यसमा दुई चम्चा मह मिसाएर खाँने गर्नुपर्छ । एजेन्सी

सम्बन्धित खबरहरु