काठमाडौं । वास्तु शास्त्रलाई विश्वास गर्नेहरुले यसलाई उच्च स्थानमा राखेका छन् । त्यसैले घर बनाउँदा वास्तुको राम्रोसंग विचार पुर्याएर बनाउने गरिन्छ । घरको वनावटले घरमा बस्नेहरुमाथि शारिरिक, आर्थिक र मानसिक असर गर्ने विश्वास रहेको छ । वास्तु शास्त्र एउटा प्राचिन विज्ञान हो । घर, भवन आदि निमार्ण गर्दा वा घरमा के–कस्ता वस्तुहरु राख्ने ,नराख्ने भन्ने बारेमा वास्तुका केहि नियमहरु रहेका हुन्छन् । वास्तुको नियम विपरित कार्य गर्दा घरका नकारात्मक उर्जाको आगमन हुने गर्दछ ।

यसले घरमा नकारात्मक उर्जा फैलाउँदछ र घरमा अशान्तिको बास हुने मान्यता वास्तुमा रहेको छ । वास्तु शास्त्रका अनुसार घरमा केही यस्ता वस्तुहरु छन् जसलाई घरमा राख्नाले कहिल्लै पनि धनको अभाव हुँदैन । हिन्दु धर्मका अनुसार वास्तुका नियमको पालना गरि बनाइएका घरहरुमा सधै सुःख, शान्ति र समृद्धि प्राप्त हुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

वास्तुका नियमहरु पालना गर्नाले घरमा सुःख,शान्ति, आर्थिक अवस्थामा राम्रो असर पर्ने मान्यता रहेको छ । यस नियमको पालना गर्नाले घरमा सकारात्मक उर्जा पर्न गई नकारात्मक उर्जाको नाश हुने विश्वास वास्तुमा रहेको छ । वास्तु शास्त्रमा मानिसले एउटा घरमा बस्न थालेपछि त्यो घरको खास उर्जाले उसलाई असर गर्न सुरु गर्ने विश्वास रहेको छ । त्यसैले घरको निर्माण गर्दा बिशेष ध्यान दिनुपर्छ ।

  • वास्तुका अनुसार घरका दक्षिण–पश्चिम दिशामा काँचले बनेको वस्तु राख्दा पनि हुन्छ।
  • वास्तुका अनुसार घरको पूर्व दिशामा बांसुरी राख्नु राम्रो मानिन्छ ।
  • वास्तुका अनुसार घरको उत्तर–पश्चिम दिशामा सेतो वस्तु जस्तै सेतो शंख,पथ्थर राख्नु राम्रो मानिन्छ।
  • वास्तुका अनुसार घरको उत्तर पूर्व दिशामा रुद्राक्ष वा लक्ष्मी अथवा कुवेरको मूर्ति राख्नु भएमा धन लाभ हुनेछ ।
  • वास्तुका अनुसार घरको दक्षिण–पूर्व दिशामा मयूरको प्वाख राख्नु शुभ हुन्छ ।
  • पश्चिम दिशामा कालो पथ्थर राख्नु धन आर्जनका लागि उचित हुन्छ ।

सम्बन्धित खबरहरु