काठमाडौं । आज सम्पन्न भएको उप निर्वाचनमा अहिलेसम्म सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुई क्षेत्रमा जित हात पारेको छ । नेकपाले रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा जित हात पारेको छ । यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार जनकबहादुर बुढा मगर विजयी हुनु भएको छ । उहाँले १७४ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार कलमबहादुर रोकामगरलाई पराजित गर्नुभएको हो । नेपाली कांग्रेसका रोकामगरले २६ मत प्राप्त गरेका थिँए । कुल एक हजार २७४ मतदातामध्ये २०९ मत मात्रै खसेको थियो । जसमा ९ मत बदर भएको बताइएको छ ।

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कै उम्मेद्‍वार कृष्णबहादुर तामाङले जित हात पार्नुभएको छ । उहाँले ५२८ मत ल्याई नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई हराउनु भएको हो । तामाङले ३१० मत प्राप्त गरेको जानकारी दिइएको छ । कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो । जसमा ४ मत बदर भएको थियो । अन्य क्षेत्रहरुको मतदान पनि आजै सुरु हुने जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु