काठमाडौं । नेपालमा वैकल्पिक राजनीति गर्नुपर्छ भन्दै साझा पार्टीले कास्की–२ बाट रजनी केसीलाई खडा गरेको थियो । प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा भाग लिएकी रजनी केसीको अवस्था चिन्ताजनक देखिएको छ । दुई वटा वडाको १० हजार ३ सय ९५ भोट गनिसक्दा साझा पार्टीकी रजनी केसीले ६२ मत पाएकी छिन् ।

 

अर्को तर्फ विवेकशिल नेपाली दलकी जमुना शर्माले ७ भोट प्राप्त गरेकी छन् । यसैगरी बाबुराम भट्टराई तथा उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी पार्टीका धर्मराज गुरूङले १०९ मत पाउँदा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका रोम बहादुर भण्डारी १३७ ल्याएका छन् ।

राप्रपा बाहेक यहाँ भएका अन्य दलहरु आफुलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने दौडमा लागेका छन् । विवेकशील साझा पार्टीका रुपमा उदाएका रवीन्द्र मिश्र र उज्वल थापा गत वर्ष मात्रै अलग भएका थिँए । मिश्र अहिले साझा पार्टीको संयोजक र थापा विवेकशिल नेपाली दलमा संरक्षकको रुपमा रहेका छन् । विवेकशिलमा अहिले मिलन पाण्डेको नेतृत्व रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु