काठमाडौं । हिजो सम्पन्न भएको उप–निर्वाचनमा नेपाली कांग्रेसको प्रदर्शन कमजोर देखिएको छ । देशमा अधिकांश जिल्लाहरुमा सत्तारुढ नेकपा विजयी भएको छ । अर्को तिर नेपाली कांग्रेसले पनि कतिपय क्षेत्रहरुमा जित हासिल गरेको छ । यो बीचमा बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यका लागि भएको उप–निर्वाचनको प्रारम्भिक नतिजा बाहिर आएको छ ।

प्रदेशसभा (ख) मा पर्ने ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’ र ‘ख’ दुवैको केन्द्रको मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचन अग्रस्थानमा रहनु भएको छ । शेरचनले ५२५ मत प्राप्त गर्नुभएको छ ।

 

संयुक्त बाम गठबन्धनका उम्मेदवार खिम बिक्रम शाहीले ३८६ मत ल्याउनु भएको छ । यहाँ ७ सय ५६ जना मतदाता रहेको उत्तरगंगा क मा ५ सय ५३ मत खसेको थियो भने ७ सय ७ जना मतदाता रहेको उत्तर गंगा ख मा ४ सय ५५ मत खसेको थियो । जानकारी अनुसार १० मत बदर भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु