काठमडौ । हिन्दु राष्ट्र र राजतन्त्र बोकेर निर्वाचनमा हुमिएको राप्रपा नराम्रोसँग ठक्कर खाएको छ । उपनिर्वाचनमा खोटाङको सोकला गाउँपालिका वडा नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार इन्द्रबहादुर खड्काले एक मत प्राप्त गर्नुभएको छ ।

सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकी उम्मेदवार शिवकला राईले तीन सय ९१ मत प्राप्त गरी विजयी हुनु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङ तीन सय ७४ मत प्राप्त गर्नुभयो । समाजवादी पार्टी नेपालका रमेश राईले १५ मत पाउनुभयो । यहाँ सात सय ९६ मत खसेकोमा १५ मत बदर भएको थियो ।

 

काठमाडौं । लामो समय क्षेत्रीय राजनीति गरेका सिके राउत राष्ट्रिय राजनीतिमा आएको धेरै समय बितेको छैन । छुट्टै मधेश माग्दै आएका सीके राउतले अहिले त्यो मुद्धा छोडेका छन् । उनी नेतृत्वको जनमत पार्टीले अहिलेको उपनिर्वाचनमा भाग लिएको थियो । जनमतको पक्षमा लज्जास्पद नतिजा देखिएको छ । प्रारम्भिक मतपरिणामले कुनै पनि स्थानमा जनमत पार्टीले जमानत जोगाउने अवस्था रहेको छैन ।

 

जनमत पार्टीले सप्तरीको छिन्नमस्तामा–७ मा जित्ने दाबी गर्दै आएको थियो । तर, यहाँ जनमत पार्टीका दिनेश कुमार यादवले ११ मत प्राप्त गर्नुभयो यो वडामा राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०की उम्मेदवार प्रमिलादेवि यादव ५४० मत ल्याएर विजयी हुनुभयो । उहाँले आफ्ना निकटम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार अछेलाल यादवलाई ११ मतले पछि पार्दै जित हासिल गर्नुभयो । यहाँ नेपाली कांग्रेसका शिवनारायण मण्डलले १५ मत प्राप्त गर्नुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु