काठमाडौं । उपनिर्वाचनमा कांग्रेसले हारेपछि बबाल गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका व्यक्तिले अलिकती हतार गर्दा समस्या उत्पन्न भएको हो । भएको के भने, धरानमा चुनाव जितेर अबिर माला समेत लगाइसकेका उम्मेदवारले माला फुकालेर अर्कोलाई बधाई दिनु परेको छ । धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा यस्तो दृश्य देखिएको हो ।

[caption id="" align="aligncenter" width="1717"] तस्बिर सौजन्य : मिलन विछोड[/caption]

धरान उपहानगरपालिको मेयर र वडाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको भनेर मत गनेर सक्नु भन्दा पहिले नै जुलुस निस्केको थियो । तर एकाएक वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदीले १ मतले जितेको आधिकारिक घोषणा भयो । यति भएपछि सुरुमा अबिर माला लगाएर विजयोत्सवमा रहेका कांग्रेसका सुवर्ण पालिखेले माला निकालेर अर्कोलाई बधाई दिनुपर्ने अवस्था आयो ।

उहाँ एक मतले हारेको जानकारी निर्वाचन आयोगले गराएपछि उनले अबिर पुछेर माला निकालेर निराश बन्नुपर्यो । नेकपाका जीवन सुवेदी ६२२ मत पाएर विजयी हुँदा पालिखे ६२१ मत भन्दा माथि जान सक्नु भएन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु