काठमाडौं । बढ्दो जनसंख्या नियन्त्रण गर्नका लागि विश्वमा अनेक तरिका अपनाउन थालिएको छ । जनसंख्या बढ्दै जाँदा गरिबी र बेरोजगारीजस्ता समस्या पनि सँगै बढ्न थाल्छन् । अहिलेसम्म हामीलाई जानकारी भए अनुसार गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेको थियो । संगीनी सुई महिलाहरुले एक पटक लगाए तीन महिनासम्म ढुक्क हुने भन्ने कुरा चर्चामा रहेको छ ।

तर, अब भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनेको खुलाएका छन् । उनीहरुका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा हुँदैन । उनीहरुले पहिलोपटक यस्तो सुई बनाएको दाबी पनि गरेका छन् । यो सुई इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरुले निर्माण गरेका हुन् । सुई आविष्कारमा संलग्न वैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाए १५ वर्षसम्म असर गर्न सक्छ । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=jdTG9bgJ2WE&feature=youtu.be

सम्बन्धित खबरहरु