काठमाडौं । अहिले चलचित्र भन्दा फरक काममा व्यस्त नायिका प्रियंका कार्की र चर्चा पर्यावाचीजस्तै शब्द हुन् । उनले दिने बयान र गर्ने हर्कत समयसमयमा चर्चामा रहने गरेका छन् ।यो बीचमा उनी अहिले फेरि चर्चामा आएकी छिन् । कार्कीले आफूलाई सबैभन्दा मनपर्ने ६ प्रिय कामको सूची तयार गरेकी छिन् ।

हिजो आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोष्ट गर्दै यस्तो खुलासा गरेकी हुन् । उनलाई श्रेष्ठको ओठमा दैनिक चुम्बन गर्न मनपर्छ । उनले तस्बिरसँगै राखेको क्यापसन अंग्र्रजीम लेखिएको छ । उनले लेखेकी छिन्, ‘मलाई यी कुरा गर्न सबैभन्दा धेरै मनपर्छ ।

  • तिम्रो हात समात्नु ।
  • तिम्रो जोक्समा हाँस्नु ।
  • तिमी सँगसँगै हिँड्नु ।
  • सोफामा आरामले सँगै सुत्नु ।
  • तिम्रो आँखामा हेर्नु ।
  • र तिम्रो ओठमा दैनिक चुम्बन गर्नु ।’

कार्कीको यो पोष्टमा प्रेमी आयुष्मानले पनि प्रतिक्रिया दिएका छन् । उनले कमेन्ट बक्समा लेखेका छन्, ‘वाह १ आइ लभ यु’ उनले यो भन्दा पहिले पनि दिएका केही बयानहरु चर्चामा रहेका थिए । उनी खुल्ला ह्रदय भएको नायिकाको रुपमा पनि चर्चित छिन् । लामो समय अमेरिका बसेर उतै कलाकारिता पढेकी कार्की पछिल्लो समयको व्यस्त नायिका पनि हुन् । तर अपिहले उनी आयंका फाउन्डेसनमार्फत सामाजिक काममा पनि व्यस्त छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु